दुर्घटनामा वडाध्यक्षको मृत्यु



राजविराज, (नेस)।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर १ मा सोमवार राति मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि कन्चनरुपस्थित धमेश्वर अस्पतालमा भर्ना गरिएको थियो।
थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पतालतर्फ ल्याउने क्रममा वडाध्यक्ष चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभएको छ। चौधरी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्