कालीगण्डकी खानेपानी आयोजनाको काम अन्तिम चरणमा



कविराज नेपाल, पाल्पा।

आउदो दश वर्ष सम्मका लागि पाल्पा जिल्ला सदरमुकाम तानसेनको आवश्यकतालाई धान्ने गरी कालिगण्डकी खानेपानी योजनाको कार्य अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि खानेपानीको समस्याबाट पिडीत सदरमुकामवासी यो खानेपानी आयोजनाबाट निकै उत्साही वनेका छन।

लिफ्टिङ्ग गरी तानसेनमा ल्याउन लागिएको कालिगण्डकी खानेपानी योजनाको काम ९५ प्रतिशत सकिएको र यही महिना भित्रैमा तानसेनमा पानी फाल्नेगरी काम भइरहेको निर्माण कम्पनीको भनाइ छ।

चारवटा पावर स्टेशनको टयाड्ढीमा मोटर जडान, कपाण्डरमा तारजाली लगाउने काम मात्र बाकी रहेकाले अबको ३ हप्ताभित्र सबै काम पुरा गरी बतासेडाँडामा पानी फाल्ने गरी काम भईरहेको निर्माण कम्पनीका इञ्जिनियर रोहित कुमार शाहले बताउनु भयो।

पछिल्ले समयसम्ममा यस आयोजनाको दोस्रो पावर स्टेशनसम्म पानी झरेको छ। अबको ३ हप्ता भित्र ४ वटा पावर स्टेशनमा मोटर जडान गरी पानी तान्ने गरी काम भईरहेको तानसेन खानेपानी उपभोक्ता समितीका अध्यक्ष चकोरमान शाक्यले वताउनु भयो।

आयोजनाको विस्तृत सर्भे विवरण अनुसार कालीगण्डकीदेखि बौघागुम्वा सम्म विद्युत मार्फत पानी लिफ्ट हुने छ, भने बौघागुम्वाबाट तानसेनको मुख्य ट्याड्ढी बतासेसम्म ग्राविटी फलोबाट पानी ल्याईने छ।
कालीगण्डकीबाट प्रतिसेकेण्ड ३० लिटर पानी तानसेन बतासेको मुख्य ट्याड्ढीमा झर्ने छ।

६ वटा पावर स्टेशन मार्फत छेर्लुङ्ग, बौघापोखराथोक हुँदै तानसेनमा लिफ्ट खानेपानी झर्ने निश्चित भएको हो। तानसेनमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएपनि दैनिक रुपमा ७ लाख लिटर पानी मात्र वितरण हुँदै आएको छ।

कालीगण्डकी योजना पुरा भएपछि मात्र दैनिक १८ लाख लिटर पानी थप हुने र उपभोक्ताको आवश्यकता अनुसारको पानी वितरण गर्न सकिने उपभोक्ता समितिले जनाएको छ। आयोजना २०७५ मंसिर ५ गते १८ महिनामा सक्ने गरी सम्झौता भएको थियो। ३ पटक म्याद थप भएपछी आयोजना पुरा हुने अवस्थामा पुगेको हो।

२५ करोड १९ लाख ९६ हजार रुपैया सम्झौता भएको आयोजनाको १७ करोड ३ लाख २० हजार निर्माण कम्पनीले भुक्तानी बुझिसकेको छ। २०७७ बैशाख भित्र कालीगण्डकीको पानी तानसेनका जनता लाई खुवाउने गरी काम भईरहेको खानेपानी उपभोक्ता समितीका अध्यक्ष चकोरमान शाक्यले बताउनु भयो।

प्रयाप्त पानीको श्रोत नहुँदा तानसेनमा गर्मीयाममा एक हप्तामा एक पटक र वर्षातको समयमा ३ दिनमा १ घण्टा पानी वितरण हुदै आएको छ। हाल तानसेनमा भुल्के, सिस्ने, तिनधारा, होलाङदी बाझाबाट पानी लिफ्ट गरी वितरण हुँदै आएको छ।

पछिल्लो समयमा सदरमुकाम तानसेनमा पानी समस्या, घट्दो व्यापारिक चहलपहलका कारण तानसेनबाट बुटवल भैरहवा, नारायणगढ काठमाडौं जस्ता स्थानमा बसाई सराईको क्रम रोकिने खानेपानी समितिका उपाध्यक्ष एवं प्रदेश सभासद डा. पुरनमान बज्राचार्यले वताउनु भयो।

प्रतिक्रिया दिनुहोस्