नानीदेखिको बानी



‘नानीदेखि लाग्या बानी कहाँ हट्थ्यो, औकात देखाइछोड्यो’ यो तर्कसँग नेपाली समाज अनविज्ञ छैन। राजीव गुरुङ उर्फ दीपक मनाङे त अझ यो तर्कका पर्याय नै बन्या छन्।

मनाङले माननीय बने तर उनले आफ्नो असली पहिचान छोडेनन्।त्यही भएर हो क्यार उनले मंगलबार कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरे।

प्रहार पनि आफ्नै पार्टी नेकपाले नेता/कार्यकर्तालाई अनुशासनमा बाध्न आचार संहिता जारी गरेको भोली पल्टै। तर चुरो कुरो के छ भने पाठकवृन्द, मनाङेले पार्टी निर्देशन पालना नगर्या भन्न मिल्दैन।

पार्टीले जारी गर्या ११ बुँदे आचार संहितामा मुक्का प्रहार गर्न नपाइने भन्या भए पो ⁄ धेरै पार्टीका नेता, सांसद, मन्त्री र महत्वपूर्ण जिम्मेवारीमा पुग्नेबित्तिकै आफ्नो विगत बिर्सिन्छन्। तर मनाङेले पृथक् देखिए। उनले ‘म त्यस्तो हैन’ भन्ने कुरो प्रमाणित गर्या पनि हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्