उपाधि घले र लामालाई



शिक्षा पन्त, लमजुङ।

सोनाम ल्होसारका अवसरमा आयोजित दोस्रो युमिका स्पोर्टस् हाउस जिल्लास्तरीय खुला ब्याडमिन्टन युगल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ।

उक्त प्रतियोगिताको उपाधि बेसीशहरका रोहित घले र अजय लामाले जितेका छन्। दोस्रो स्थानमा सुन्दरबजारका प्रताप मगराती र ज्ञानेन्द्र गुरुङको जोडी रह्यो।

बेस्ट अफ थ्रिमा खेलाइएको फाइनल खेलमा लगातार दुई सेट जितेर घले र लामाको जोडी पहिलो भएको थियो।त्यस्तै युमिका स्पोर्टस् हाउसका प्रोपाइटर र प्रल्हाद बोहरा तथा सुनील सुनार र दीपक गुरुङको जोडी तेस्रो स्थानमा रहेका थिए।

योसँगै पहिलो हुने जोडीलाई १२ हजार, दोस्रो हुने जोडीलाई ६ हजार नगद प्रदान गरिएको थियो। तेस्रो हुने जोडीले १ हजार नगद प्राप्त गरेको थियो। प्रतियोगितामा कुल ३१ टिमले भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्