सारापोभा ३ सय ५० स्थान तल पुग्ने



मेलबर्न, (एजेन्सी)।

मारिया सारापोभा अस्टे«लियन ओपनको पहिलो चरणबाटै हारेपछि वरीयतामा शीर्ष ३ सय ५० स्थानबाट बाहिरिएकी छन्।पाँच पटकको ग्रान्डस्लाम च्याम्पियन सारापोभा १९औं वरीयता प्राप्त क्रोएसियाकी डोन्ना भेकिचसँग ६–३, ६–४ ले पराजित भएकी हुन्।

मेलबर्न पार्कमा सन् २००८ मा विजेता बनेकी रुसी खेलाडीले वाइल्ड कार्ड प्राप्त गरेर प्रतिस्पर्धामा गरेकी थिइन्। विम्बल्डन च्याम्पियन सिमोना हालेपले तीन सेट अंक बचाएर अमेरिकाकी जेनिफर ब्राडीलाई ७–६, ६–१ ले हराइन्। पहिलो सेटमा लडेपछि हालेपले दायाँ नाडीमा ब्यान्डेज बाँधेर खेलेकी थिइन्।

यसको बाबजुद उनले दोस्रो सेट २७ मिनेटमा जितेकी थिइन्। यसै गरी महिलातर्फ विश्व नम्बर दुई खेलाडी कारोलिना पिलीस्कोभाले क्रिस्टिना मलाडेनोभिचलाई ६–१, ७–५ ले हराएर दोस्रो चरणमा पुगिन्।

चेक खेलाडीले पहिलो सेट मात्र २५ मिनेटमा आफ्नो पक्षमा पारेकी थिइन्। यसै महिना ब्रिस्बेनमा उपाधि जितेकी पिलीस्कोभा २०२० मा अहिलेसम्म अपराजित रहेकी छन्।

यस्तै दुईपटककी ग्रान्ड स्लाम च्याम्पियन गार्बिन मुगुरुजाले पहिलो सेट ६–० ले गुमाए पनि जित हात पारिन्। अमेरिकी सेल्बाइ रोजर्सविरुद्धको खेलमा बाँकी सेट उनले ६–१, ६–० ले जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्