ह्यारी टापुमा



टोरोन्टो, (एजेन्सी)।

हालै मात्र बेलायतको शाही उपाधि र जीवनशैली त्यागेका पूर्वराजकुमार अर्थात् ड्युक अफ सस्सेक्स मंगलबार बिहान क्यानाडाको भ्यानकोभर टापुमा आइपुगेका छन्।त्यहाँ पहिलेदेखि नै उनकी पत्नी डचेस अफ सस्सेक्स मेगन र आठ महिने छोरा आर्ची बस्दै आएका थिए।

केही दिनअघि मात्र बेलायती राजप्रासाद बकिंघम प्यालेसद्वारा जारी गरिएको एक विज्ञप्तिमा अबदेखि उनीहरूलाई हिज र हर हाइनेस भनेर सम्बोधन नगरिने तथा तिनीहरूले कुनै पनि कार्यक्रममा महारनी एलिजावेथ द्वितियाको प्रतिनिधित्व पनि नगर्ने उल्लेख गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्