बेपत्ता सबैको मृत्यु



कोलम्बो, (एजेन्सी)।

श्रीलंकाका राष्ट्रपति गोतबाया राजपाक्षेले देशमा गृहयुद्धका क्रममा २० हजार भन्दा धेरै बेपत्ता व्यक्तिको मृत्यु भइसकेको पहिलो पटक स्वीकारेका छन्।

राष्ट्रपति राजपाक्षेले राजधानी कोलम्बोमा संयुक्त राष्ट्रका एक दूतसँगको भेटवार्ताका क्रममा उक्त टिप्पणी गरेका हुन्। बेपत्ताहरूको मृत्यु प्रमाणपत्र जारी गरिने राष्ट्रपति कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

बेपत्ताहरूको खोजीका लागि सरकारसमक्ष माग राख्दै श्रीलंकामा हजारौं पीडित परिवारले र्याली निकाल्ने गरिरहेका छन्।

कयौंले अहिले पनि उनीहरू जीवित रहेको र उनीहरूलाई सुरक्षा बलले हिरासतमा राखेको हुन सक्ने अपेक्षा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्