तीन जनालाई उपाधि



किड्डी फेस अफ दि इयर–२०२० को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन्। आगमन सिनियर बालकतर्फ शीर्ष विजेता चुनिँदा बालिकातर्फ पेमाडोमा लामा सिनियर र तहिस्मा चौहान जुनियरतर्फको शीर्ष विजेता घोषित भए।

तीनै विजेताले उपाधिका साथै विभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा तीनै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जानकारी गराए।

राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सिनियर बालकबाट निकित पौडेल फस्ट रनर्सअप र केन्द्रित पौडेल सेकेन्ड रनर्सअप चुनिँदा जुनियर बालकतर्फ प्रतीक भट्ट फस्ट र जयस अग्रवाल सेकेन्ड रनर्सअप भए।

त्यस्तै सिनियर बालिकातर्फ ग्रेसी शाक्य फस्ट र रिजा सिंह सेकेन्ड रनर्सअप हुँदा जुनियरतर्फ ओजश्वी शाक्य फस्ट र समिरा मकाला सेकेन्ड रनर्सअप चुनिए।रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी राज फैजुले गरेका थिए।

गीतकार तथा समाजसेवी नीलिमा मास्के श्रेष्ठ, मिस टिन कन्टेस्टकी विजेता रोजिका पोखरेल, अभिनेत्री आस्मा गिरी, फिल्म निर्देशक मधुसूदन भट्टराईलगायत प्रतियोगिताको निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्