बडा ब्युटिफुल सार्वजनिक



लहान, (नेस)।

मधेस आन्दोलनपछि मधेसी संस्कृतिमा क्रान्तिको तेजोत्सव जागेको छ। यसमा पनि गीत–संगीतले अग्रणी भूमिका खेल्दै आएको छ।

मधेस आन्दोलनअगाडि यहाँका प्रतिभावान कलाकारमा गीत–सगीत रिलिज गर्ने अन्यौलमा थिए। तर, यति बेला भने दैनिकजसो मैथिली गीत–संगीत रिलिज हुँदै आएको छ।

गाउँको खलिआनदेखि शहरबजारको डीजे, एफएम, महोत्सव र स्टेजमा मैथिली गीत–संगीतको महौल बनेको छ। गायक अमर रकद्वारा प्रस्तुत बडा ब्युटिफुल भिडियोसहित गोलबजारमा रिलिज सार्वजनिक गरिएको छ।

भारतको मुम्बईमा संघर्ष गरेर आफ्नै माटो पानीमा मौलिकता खोज्न अमर रकले पत्रकार सम्मेलन गरी बडा ब्युटिफुलको गीति भिडियो सार्वजनिक गरेका हुन्।

‘हिन्दी, नेपाली, भोजपुरी गर्नुभन्दा आफ्नो मौलिकतालाई कसिलो बनाउन मैथिली गीतको बजारीकरण गर्न आवश्यकता छ। यो नितान्त अलग गीत हो। यसमा कुनै नक्कलबाजी छैन।’ –गायक रकले दाबी गरे।

गीत भिडियो रिलिजसँगै युट्युब तथा सामाजिक सञ्जाल प्रसारणमा राखिएको छ। भिडियोमा मोडल सुनील क्षत्री, गायक अमर रक र अञ्जली अधिकारीलगायत ८३ कलाकार छन्।

गीतको रचनाकार जगमोहन साह हुन्। गीत रिलिजको अवसरमा सफलताको शुभकामना दिँदै नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले मधेस आन्दोलनसँगै मैथिली गीत–संगीत व्यापकरूपमा अघि बढिरहेकाले यहाँको संस्कृति जोगाउन यसले सकारात्मक भूमिका खेल्ने चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्