विद्यालय उमेरअघि प्रि–स्कुल सीता अर्याल भन्नुहुन्छ : यो शिक्षाको जग हो



प्रि–स्कुल अर्थात् पूर्वप्राथमिक विद्यालय औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ। अर्थात् यो शिक्षाको जग हो। ‘कलिला बाबुनानीहरूले कलम समाउन सिक्ने मात्रै होइन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पनि प्रि–स्कुल अत्यन्त महत्वपूर्ण आधार मानिन्छ।’ –मानसी किड्स प्यालेसकी प्रिन्सिपल सीता अर्याल भन्नुहुन्छ।

विद्याकी देवी सरस्वती पूजाको दिन नजिकिँदै छ। यस दिनलाई शिक्षाका लागि उत्तम दिन मानिन्छ र अभिभावकलाई आप्mना बालबालिकालाई प्रि–स्कुलका बारेमा दोहोरो सोच बनाइरहनुभएको हुन्छ। त्यसैले प्रि–स्कुलको अन्यौल हटाउन यो सामग्री तयारी गरिएको छ।

प्रि–स्कुलको आवश्यकताबारे प्रकाश पार्दै मानसी किड्स प्यालेस, डिल्लीबजारकी प्रिन्सिपल अर्याल भन्नुहुन्छ– ‘यसले बच्चाको शैक्षिक जग बसाल्न मात्रै नभई बच्चालाई सामाजिक बनाउन, आफ्नो उमेरका बच्चाहरूसँगै घुलमिल बनाउन, दोहोरो संवाद गर्न, शारीरिक मानसिक विकास गर्न, बच्चाहरूको स्वभाव व्यवस्थापन गर्न, बच्चाहरूको आत्मविश्वास बढाउन, पारिवारिक वातावरणबाट बाहिर आई सबैखाले चुनौतीको सामना गर्न, आफ्नो नाम, साथी र वस्तुगत महत्व बुझ्न बच्चाहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न सिकाउन, सांस्कृतिक र प्राकृतिक महत्व बुझाउन महत्वपूर्ण योगदान गर्नुका साथै जागिरे अभिभावकका लागि बच्चा हेरचाह गर्न पनि सहयोग पुर्याउँछ।’

प्रि–स्कुलमा कलिला बालबालिका पढ्ने हुँदा त्यहाँको पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। प्रायः प्रि–स्कुल सानो क्षेत्रमा सञ्चालन गरेको पाइन्छ तर बच्चाहरूलाई कक्षाकोठामा मात्र सीमित नभई बच्चाको क्रियाकलाप बढी गराउन खुला ठाउँ हुनुपर्दछ।

त्यसैलाई मध्यनजर गरेर आफूहरूले ठूलो क्षेत्रफलमा प्रि–स्कुल सञ्चालन गरेको बताउनुहुन्छ प्रिन्सिपल अर्याल। मानसी किड्स प्यालेस, डिल्लीबजारले बच्चाहरूको सर्वा·ीण विकासलाई ध्यान दिएर विद्यालयको पूर्वाधार तयार गरेको छ।

खेल्ने खेल स्टेसनदेखि बच्चाहरूको न्युरो मोटर सीप तथा आँखा र हातको संयोजनका लागि चाहिने मन्टेश्वरी ल्याब स्थापन गरिएको अर्याल बनाउनुहुन्छ। बालमैत्री वातावरणजस्ता विद्यालयको पूर्वाधारको महत्वपूर्ण पाटो हो।

बच्चाहरूले प्रयोग गर्ने फर्निचरदेखि खेल सामाग्री, शौचालय बालमैत्री हुनुपर्ने युरो किड्स, बुटवलकी प्रिन्सिपल अनिता खनाल बताउनुहुन्छ। बच्चाहरूको अतिरिक्त क्रियाकलापका लागि छुट्टै ठाउँ चाहिन्छ। त्यस्तै साना बच्चाहरूलाई सुताउन सफा कोठाको आवश्यकता पर्दछ।

प्रि–स्कुलको अर्काे महत्वपूर्ण पक्ष हो, त्यहाँको जनशक्ति। प्रि–स्कुलमा हुने प्रिन्सिपल, शिक्षिका र अन्य कर्मचारी बालप्रेमी हुनुपर्दछ। तालिमप्राप्त शिक्षिका नभएमा बच्चाहरूको स्वभाव र मानसिकता बुझ्न कठिन हुन्छ।

उनीहरूलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक ज्ञान पनि दिइने कुरा बताउनुहुन्छ मानसी किड्स प्यालेस, डिल्लीबजारकी प्रिन्सिपल। प्रि–स्कुलमा बच्चाहरू करिब ६ घन्टा रहने हुँदा बच्चाहरूको खानामा विशेष ध्यान दिन पर्नेहुन्छ।

बच्चालाई कम्तीमा २–३ पटक खुवाउने व्यवस्था हुन्छ। सफा र पौष्टिक खानेकुरा प्रि–स्कुलको अनिवार्यता नै हुनुपर्दछ। त्यसले बच्चाको शारीरिक विकासमा मद्दत गर्दछ।

प्रि–स्कुलले बच्चाहरूको शैक्षिक, मानसिक, शारीरिक र समाजिक विकासमा मद्दत गर्ने भएकाले आफ्ना बाबुनानीलाई राख्नुअघि अभिभावक आफैंले बुझेर भर्ना गर्नुपर्छ। बच्चाहरूको शैक्षिक जग कमजोर नहोस् भन्नेमा अभिभावक सचेत हुनुपर्दछ।

प्रतिक्रिया दिनुहोस्