वार्षिकोत्सवको अवसरमा रावा बैंकमा रक्तदान



काठमाडौं, (नेस)।

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १५४ जनाले रक्तदान गर्नुभएको थियो।

बैंकको विभिन्न प्रादेशिक कार्यालयहरूमा पनि रक्तदान कार्याक्रम सञ्चालन भइरहेका छन्। साथै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्युजिकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्