सम्झौताको १४ वर्षपछि दोस्रो आईसीपी सञ्चालन



;df/f]xdf ;xefuL x’Fb} cfk”lt{ /fHodGqL b’u8 lj/f6gu/, & df3 M pBf]u, jfl0fHo tyf cfk”lt{ /fHodGqL df]tL b’u8 lj/f6gu/sf] a’wgu/df gjlgld{t PsLs[t eG;f/ hfFrrf}sL pb3f6g ;df/f]xdf ;xefuL x’Fb} . t:jL/ M dgf]h bfxfn÷/f;;

सरोज यादव, विराटनगर। 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेड कस्टम चेकपोष्ट (आईसीपी) मंगलबार संयुक्तरूपमा उद्घाटन गर्नु भएको छ।

प्रधानमन्त्री ओलीले काठमाडौंस्थित कन्ट्रोल रुम र भारतीय प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयबाट स्वीच थिचेर उद्घाटन गरेसँगै आईसीपी सञ्चालनमा आएको छ।

उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीले करिब चार महिना अघि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मोदीसँगै गरेको स्मरण गर्नुभयो। उहाँले आज पनि सँगै जोगवनी–विराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्ने कुरालाई नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धको संज्ञा दिनुभयो।

उद्घाटनको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले नेपाल सन् २०१५ मा महाविनाशकारी भूकम्पका समयमा भत्किएका भौतिक पूर्वाधार निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभएको छ।

सो अवसरमा दिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनको शुरुमा नै ‘तपाईंलाई कस्तो छ’ भन्दै नेपाली भाषाबाट सम्बोधन शुरु गरी नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो।यो नयाँ वर्षमा दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो।

चेकपोष्टको संयुक्त रुपमा उद्घाटन गर्दे प्रधानमन्त्री मोदीले यो नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक रहेको उल्लेख गर्नुभयो। नेपाल–भारतको सहयोगअन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा ५० हजारमध्ये ४५ हजार घरको निर्माण सम्पन्न भएको र बाँकी घर पनि चाँडै निर्माण हुने र नेपाललाई चाँडै नै हस्तान्तरण गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो।

नेपाल–भारतको क्रस बोर्डर कनेक्टीभिटी प्रोजेक्टजस्तो सडक, रेल र ट्रान्समिसनलाइनमा काम भइरहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच सीमाको प्रमुख स्थानमा निर्माण भएको इन्टिग्रेट चेकपोष्टले व्यापार र आवागमनमा सजिलो बनाएको उहाँले धारणा राख्नुभयो।

मोदीले चेक पोस्टको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो। भारतीय प्रधानमन्त्री मोदीले छिमेकी सबै देशबीच आवागमन सहज र सुचारु बनाउनुका साथै व्यापार शिक्षा सबै क्षेत्रमा सहज सम्पर्क बढाउन इच्छुक रहेको बताउनुभयो।

उहाँले सन् २०१५ को भूकम्पको स्मरण गर्दै भूकम्पका सहासका साथ नेपालीले सामना गरेको स्मरण गर्नुभयो। उहाँले नेपाल भारत सम्बन्धमा अभूतपूर्वक प्रगति भएको बताउँदै भारतीय सहयोगमा भएका विकासका काम तेज गतिमा अघि बढेको बताउनुभयो।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रम ओलीबाट नेपाल भ्रमणका लागि भएको निमन्त्रणा दिएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले यो वर्ष नेपाली जनताको दर्शन गर्ने बताउनुभयो। आईसीपी हाताभित्र मुख्य भवनमा साथै पाँचवटा गोदाम, भन्सार कार्यालय, दुईवटा ठूला सेड, कर्मचारी आवास गृह, बैंक तथा वित्तीय संस्थाका लागि भवन, सुरक्षाकर्मीका लागि भवन बनाइएको छ।

आईसीपी सञ्चालनमा आएपछि भन्सारसँग सम्बन्धित सबै काम एकै ठाउँबाट हुनेछ। व्यापार सहजीकरणका लागि आईसीपी प्रभावकारी हुने भएकाले भारत सरकारले नेपाल र भारत दुवैतर्फ आईसीपी निर्माण गरेको हो। एकै दिन हस्ताक्षर भएको आईसीपी वीरगन्जमा भने सञ्चालनमा आइसकेको छ। पारवहन र व्यापार सहजीकरणका लागि आईसीपी निर्माण गर्न सन् २००५ अगस्त ३ का दिन दुई सरकारका बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

विस्तृत परियोजना सन् २००९ अगस्तमा स्वीकृत भई ठेक्का प्रक्रिया अघि बढे पनि जग्गा मुअब्जाको समस्याले नेपालतर्फबाट जग्गा उपलब्ध गराउन ढिलाई भएको थियो। २ सय करोड भारुको लागतमा परियोजनाको निर्माण जिम्मा भारतीय कम्पनी दिनेशचन्द्र आर आग्रवाल इन्फ्राकन प्रालि अहमदावादले लिएको थियो।

नेपालतर्फको आईसीपी १ सय २९ बिगाको छ। कन्सल्ट्यान्ट भने भारतीय कम्पनी राइट्स हो। आईसीपी सञ्चालनमा आएपछि भारतसँगको व्यापारमा सहज हुनुका साथै पारवहनमा पनि सहज हुने भएकाले यस क्षेत्रका उद्योगी व्यवसायीले विशेष महत्वका साथ प्रतीक्षा गरेका छन्।

विराटनगरको आईसीपीसम्म भारतको बथनाहादेखि रेलवे लाइन पनि विस्तार भइसकेको छ। भारत सरकारले नेपाललाई जोगबनी नाकाबाट पनि रेलमार्गबाट मालवस्तु ढुवानी सुविधा दिएको हुँदा आईसीपीको सञ्चालनले १ नम्बर प्रदेशको समृद्धिमा सहयोग पुर्याउने विश्वास गरिएको छ। निजगढ–काठमाडौं फास्ट ट्रयाकको द्रुत गतिमा निर्माण भइरहेको छ।

त्यसैगरी विराटनगर भन्सार नाकाबाट उत्तरी सीमा किमाथान्का नाका र ओलाङचुङ गोला नाका जोड्ने बाटोको पनि द्रुत गतिमा निर्माण भइरहेको छ। दुवै नाकाको ट्रयाक खोल्न थोरै मात्र बाँकी छ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायका अनुसार किमाथान्काबाट तिब्बतको सिगात्से बजार ४५ किलोमिटरको दूरीमा पर्दछ। जो तिब्बतको पुरानो व्यापारिक बजार हो। त्यसको आधा दूरीमा तिब्बतको रियू बजार पर्दछ। विराटनगरबाट कलकत्ता बन्दरगाहसम्मको दूरी ५ सय ५२ किलोमिटर पर्छ भने वीरगन्ज र कलकत्ताको दूरी ७ सय ७७ किलोमिटर छ।

निजगढ–काठमाडौं फास्ट ट्रायक बन्ने बित्तिकै विराटनगरले वीरगन्ज र भैरहवाका उद्योगहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। विराटनगर नाका भएर चीन र भारतका बीच व्यापार विस्तार गर्न पनि सहज हुने हुँदा १ नम्बर प्रदेशको विराटनगर नाकालाई विशेष महत्वका साथ हेरिएको हो।

प्रतिक्रिया दिनुहोस्