एनआईसी एसिया बैंकको नाफा ३६ प्रतिशतले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं। 

एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालू आवको दोस्रो त्रैमाससम्म वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपियाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड सञ्चालन नाफा गरेको छ

।उक्त अवधिमा खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ३३ प्रतिशत (५० करोड रुपियाँ) को वृद्धिसहित २ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

गत वर्षको सोही अवधिको खुद मुनाफा १ अर्ब ५१ करोड रहेको थियो। दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १८६ अर्ब पुर्याउन सफल भएको बैंकले जनाएको छ।

बैंकले कुल कर्जा लगानीको ७२ प्रतिशत साना तथा मझौला क्षेत्रमा कर्जा लगानस् गरेको छ। त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रुपले पालना गरेको छ।

बैंकले चालू आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ। यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अवधिमा ६ अर्बले बढेको छ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी ४१ द्यशमलब ६१ तथा स्वःपुँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५ दशमलब १७ प्रतिशत पुर्याउन सफल भएको छ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालय, ४२६ एटीएम, १०३ वटा एक्सटेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकका २१ लाखभन्दा बढी ग्राहक रहेका छन्। गत आवमा बैंकले करिब ३ अर्ब १५ करोड भन्दा बढी राजस्व सरकारलाई बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्