पूर्वप्रमुख होङग्वेइ साढे १३ वर्ष जेल



काठमाडौँ । चीनमा इन्टरपोलका पूर्वप्रमुख मेङ होङग्वेइलाई अदालतले साढे १३ वर्षका लागि जेल सजाय तोकेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठनलाई नै हल्लाउने घटनाको रुपमा लिइएको घुस प्रकरणमा उनीविरुद्ध तियान्जिनस्थित अदालतले मंगलबार यस्तो फैसला गरेको हो । जस अनुसार मेङले चिनियाँ साढे १४ लाख युआन रकम घुस खाएको बताइएको छ ।

मेङ २०१६ मा इन्टरपोलको नेतृत्वमा चयन भएका थिए । उनको चारवर्षे कार्यकाल नसकिनै लाग्दा फ्रान्सबाट चीन जाने क्रममा वेपत्ता भएका थिए । ६६ वर्षीय मेङले पदको दुरुपयोग गरेको अदालतको ठहर छ । मेङले भने अदालतसमक्ष आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । मेङ चिनियाँ कम्युनिस्ट पार्टीभित्र राष्ट्रपति सि जिनफिङको भ्रष्टाचार विरोधी अभियानमा पक्राउ पर्नेहरुमध्ये मेङ पनि एक भएकाे अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । मेङकी पत्नीलाई भने फ्रान्सले गत वर्षदेखि शरण दिँदैआएको छ । उनले आफ्ना दुई सन्तानलाई अपहरणको खतरा रहेको भन्दै शरण मागेपछि फ्रान्सले उनलाई संरक्षण दिएको हो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्