पासाङ ल्हामु राजमार्गको हालत खराबः मर्मत भएन, डिभिजन कार्यालयले प्रशासनलाई टेरेन



सरस्वती न्यौपाने, रसुवा ।

नेपाल चीन बीच व्यापारिक हिसाबले दैनिक तीन देखि ५ करोड राजश्व आर्जन गर्ने अन्तराष्ट्रिय राजर्माग उचित मर्मत हुन नसक्दा सवारीसाधनले दिनानुदिन सकस भोग्दै आएका छन् ।

जिल्ला समन्वय प्रमुख कुल प्रसाद भट्ट बताउनु हुन्छ राम्चेको स्याउबारीदेखि स्याफ्रुबेशिसम्म दिनानुदिन जीर्ण हुदै गएको राजर्माग छिटो सुधारको लागि पहल गर्न र मर्मतमा ढिलाई नर्गन स्थानीयको माग छ ।

राजमार्ग सुधारको काममा हिँदभरी आलटाल गर्ने तर वर्षा सुरु भएपछि आकस्मिक बजेटले रातारात काम अगाडि बढाउने प्रचलनले गर्दा समस्या भएको गाउँलेको गुनासो छ । रसुवाका प्रमुख जिल्ला अधिकारीले भन्नु भयो ‘जनताको माग र सडकको समस्या हल गर्न स्थानिय प्रशासनका तर्फबाट बजेट व्यवस्थापनका लागि सडक विभागसँग बारम्बार पत्राचार भएपनि हालसम्म कार्यान्वयन भएन ।’

गत साउन महिनामा ब्राबल भिरको सडक भासिँदा स्थानिय प्रशासनको सहयोगमा सवारी आवत–जावत सञ्चालन गरिएको थियो । राजयको ठुलो राजश्व आर्जन गर्ने पासाङ ल्हामु राजर्माग लाई बेवास्ता र पुर्व सावधानीको अभावमा धुन्चे देखि ब्राबल भिरको राजर्माग जीर्ण रहेको र जटिल बनेको सडक प्राविधिक को ध्यान नपुग्दा राज्यको ठुलै धन रासि खर्चहुने देखिन्छ ।

कन्टेनर चालक राम चन्द्र पुडासैनी बताउनु भयो राजर्माग ममृत संभार गरि दिनौ सयौ सवारी साधन चल्ने यस रुटमा भिरालो सतह सवारी साधन पार गर्न घण्टौ प्रयास गर्नुपर्ने राम्चे तथा मुलर्खक को उकालो र खोपाङ भिर क्षेत्र अन्र्तरगत थोरै सडक सतह ढलान र अन्य ठाउँमा ग्रेगर माटो भर्ने व्यवस्थापन भए पनि सहज हुन्थ्यो ।

राज्यको ठुलो राजश्व आर्जन गर्ने पासाङ ल्हामु राजर्माग लाई बेवास्ता गर्ने जिम्मेवारी राष्ट्र सेवक सडक प्राविधिक ले सडक सुधारका लागी विगतमा गरेका खर्च को लेखाजोखा गरि दोषि उपर कारबाही र अत्यावश्यक क्षेत्रमा काम कहिले हुने ।

प्रतिक्रिया दिनुहोस्