रसुवागढी नाकाबाट १५ दिन आयात-निर्यात नहुने



सरस्वती न्यौपाने, रसुवा ।

अन्तराष्ट्रिय नाका को रुपमा परिचित रसुवागढी नाकाबाट १५ दिनका लागि आयात-निर्यात नहुने भएको छ ।

चिनमा ल्होसारको कारण सार्वजनिक विदा हुने भएकाले यस्तो निर्णय गरिएको हो । चिनिया भन्सारका अनुसार मंगलबार देखि सार्वजनिक विदा दिइएकोले पछि आयात निर्यात भने प्रभावित बनेको छ ।

व्यवसायी पुरुषोतम पौडेलले भन्नुभयो सोमबार मात्रै ६० वटा गाडी मा सिल भएको छ ।सिल लगाएको गाडि भने नेपाल आउने तयारीमा छन् अरु सिल लगाउन बाकी बिदा सकिएपछि मात्रै काम सुरु हुन्छ भने त्यहाँ रहेका व्यापारि व्यवसायी सोमबार देखि नै घर फर्कन थालेका छन् ।

अत्याधिक हिँउ परेका कारण शुक्रबार सिल लगाएका कन्टेनर नेपाल आउन पाएका छैनन सिल लागेका गाडिहरु आउन नसकेर केरुङ तथा पाङसिङमा रोकिए का व्यापारी पुरुषोतम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्