ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो



न्युज अफ नेपाल,काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका निम्तो गरेका छन् ।

विराटनगरमा निर्मित एकीकृत जाँच चौकीको आज भिडियो कन्फ्रेन्सका माध्यमबाट संयुक्त रुपमा उद्घाटनका क्रममा उनले भ्रमण बर्षमा मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका हुन् ।

मोदीले आफूलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निमन्त्रणा गरेकोमा गर्व महसुस भइरहेको बताए थिए । उनले नयाँ वर्ष २०२० को शुभकामना समेत दिए ।

उनले २०२० नयाँ वर्षमात्र नभएर नयाँ दशकको पनि सुरुवात भएको भन्दै नयाँ वर्ष र नयाँ दशक सबैका लागि सुस्वास्थ्य, दीर्घायु, प्रगति, प्रशन्नता र शान्ति लिएर आओस् भन्ने कामनासमेत गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट आईसीपी (इन्टिग्रेटेट चेक प्वाइन्ट)को संयुक्तरुपमा उद्घाटन गरेका हुन्। यो नेपाल(भारत दोस्रो भन्सार जाँच चौकी हो।

यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ। आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्