मोदी र ओलीले गरे आईसीपीको उद्घाटन, भन्सारमा घण्टौं भिड अन्त्य हुने अपेक्षा



न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल–भारत सीमा क्षेत्र विराटनगरमा अवस्थित एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएको छ। नेपाल र भारतका दुई प्रधानमन्त्रीले उक्त चौकीको भिडियो कन्फरेन्समार्फत आज उद्घाटन गरेका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट आईसीपी(इन्टिग्रेटेट चेक प्वाइन्ट)को संयुक्तरुपमा उद्घाटन गरेका हुन्। यो नेपाल-भारत दोस्रो भन्सार जाँच चौकी हो।

यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ। आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ। जोगबनी र भन्सार क्षेत्रमा लाग्ने घण्टौंको भीड अन्त्य हुने बताइएको छ।

जोगबनी नाकामा लाग्ने अत्याधिक भिडलाई नियन्त्रण गर्ने भनी निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आईसीपी) भन्सारको काममा पनि सजिलो र छिटो हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्