८ जना भारतीय पर्यटक बेहोस भेटिए



न्युज अफ नेपाल,काठमाडौं ।

मकवानपुरस्थित एक होटलमा ८ जना भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक आज बिहान बेहोस अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको जनाएका हुन् । बेहोस सबैलाई उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको प्रहरीले बताएको हो ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

कोठामा बालेको ग्यास हिटरका कारण सुतेका उनीहरु उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्