इस्टर्न गल्फ आजदेखि



काठमाडौं, (नेस)।
सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गत दोस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि धरानमा हुने भएको छ।

धरानको निर्वाण कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सूर्य नेपाल प्रालिद्वारा आयोजित हुने प्रतियोगिता ५४ होलको हुनेछ। प्रतियोगितामा स्थानीय खेलाडीसमेत गरी ३४ जना व्यावसायिक खेलाडीले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा विजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ। त्यस्तै तेस्रो स्थान हासिल गर्नेले ५५ हजार नगद हासिल गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्