बार्सिलोनाको कठिन जित



लन्डन, (एजेन्सी)।
स्पेनिस ला लिगाअन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले ग्रानाडामाथि १–० गोलअन्तरको जित हासिल गरेको छ।
दोस्रो हाफमा बार्सिलोनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
घरेलु मैदान नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको ग्रानाडामाथि झीनो अन्तरको जित निकालेको थियो।

खेलको शुरुआतदेखि नै ग्रानाडालाई दबाबमा राखे पनि बार्सिलोनाले गोलका लागि दोस्रो हाफ कुर्नुपरेको थियो।

जितसँगै बार्सिलोनाले रियललाई गोलअन्तरमा पछि पार्दै शीर्षस्थानमा पुनरागमन गर्यो।
बार्सिलोनाको २० खेलबाट ४३ अंक पुगेको छ। रियलको पनि समान ४३ अंक छ। पराजित ग्रानाडा २७ अंक जोडेर १०औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्