गरिमा विकास बैंकको शाखा लेकसाइडमा



गरिमा विकास बैंकले पोखरको लेकसाइडमा स्थापित लेकसाइड शाखा कार्यालयको शुरुवात गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रियस्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास बैंकले पोखरा क्षेत्रको औद्योगिक, व्यावसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आईरहेको र लेकसाईड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो।

त्यस्तै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले व्यवसायको विस्तार संगसंगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिँदै आएको, संस्थागत शुसासनलाई सदैव प्राथमिकतामा राखेको र सामाजिक क्रियाकलापहरूमा जिम्मेवारी वहन गर्दै आएको कारणबाट उत्कृष्ट संस्थाको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र ११ वटा शाखासहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेन्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ।

विकास बैंकले माघ ५ गतेसम्म ३७ अर्ब ६० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब ६० करोड कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्