‘सरकार आर्थिक विकास र समृद्धिको दिशामा’



काठमाडौं, (नेस)।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल अब भूपरिवेष्टित देश नरहेको बताउनुभएको छ। सोमबार नेपाल इन्टरमोडल यातायात विकास समितिको २३औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले मन्त्री भट्टले सो कुरा बताउनुभएको हो।

मन्त्री भट्टले सरकार परिवर्तित समय अनुरुपको ऐन कानुन र संरचना निर्माणमा लागेको पनि बताउनुभयो। सरकार आर्थिक विकास र समृद्धिको दिशामा रहेको भन्दै उनले सबै मिलेरमात्रै उद्देश्य पूरा गर्न सकिने बताउनुभयो।

कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष वैकुण्ठ अर्यालले नेपाल भूपरिबेष्टिकबाट भूजडित भएको बताउनुभयो। भारत र चीनतर्फ निर्माण भएका वा तयारीमा रहेका सुख्खा बन्दरगा उदाहरणका रुपमा रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्