कैदी भागे



असंसियन, (एजेन्सी)।

ब्राजिलको सीमानजिकै पाराग्वेको एक जेलबाट आइतबार ७६ अत्यन्त खतरनाक कैदी भागेका छन्। ती कैदीहरूमध्ये कयौं लागू पदार्थ र हतियार तस्करी गर्ने ब्राजिलका गिरोहका सदस्य हुन्।

पेड्रो जँ क्याबलेरो शहरको जेलमा कैदीहरूले एक सुरुङ बनाएको र त्यहीँबाट भागेको प्रहरी प्रवक्ता एलिना एन्ड्राडाले बताए। भाग्नेहरूमा ब्राजिल र पाराग्वे दुवै देशका कैदी छन्।

जेलबाट ७६ कैदी फरार भएको र जसमा ४० ब्राजिल र ३६ पाराग्वेका नागरिक भएको अधिकारीहरूले जानकारी दिएका छन्। न्यायमन्त्री सेसिलिया पेरेजले यस घटनाको कडा निन्दा गर्दै सुरुङ बनाउन कैदीहरूलाई कयौं हप्ता लागेको बताए।

प्रतिक्रिया दिनुहोस्