ह्यारी दुखित



लन्डन, (एजेन्सी)।

बेलायतका राजकुमार ह्यारीले शाही परिवारबाट अलग हुने औपचारिक कागजातमा हस्ताक्षर गरेपछि यो सम्पूर्ण घटनालाई लिएर दुःख व्यक्त गरे।

आफूसँग अर्को कुनै विकल्प बाँकी नभएको उल्लेख गर्दै सहमतिअनुसार उनी र उनकी पत्नी मेगन मर्केलले शाही उपाधि हिज रोयल हाइनेस र हर रोयल हाइनेस छोड्नुपर्ने भएको ह्यारीले बताए।

आफ्नो कर्तव्य निभाउन अब सार्वजनिक कोषको प्रयोग पनि गर्न नपाउने उनले थपे। विवाहपछि यस परिस्थितिको सामना गर्नुपर्ला भन्ने अनुमान नभएकाले यो पुरै घटनाक्रमलाई लिएर आफू दुखी भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्