भाइब्रेटरलाई पछि पार्दै अब सेक्सवोटले मज्जा दिने



लन्डन, (एजेन्सी)।

विश्वमा एकल तथा अविवाहित वा विवाहित महिलासमेतलाई पुरुष पार्टनरको अभाव र अनुपस्थितिमा यौन प्यास मेटाउन विभिन्न रंग, आकारप्रकारका खेलौना लिंग अर्थात् भाइब्रेटर बजारमा सर्वसुलभ हुँदै आएको सर्वविदितै छ।

अब भने महिलाहरूका लागि अँगालोसमेत मार्न मिल्ने गरी विभिन्न सुन्दर र स्मार्ट रुपका नांगा पुरुष यौन रोवोटहरू चाँडै बजारमा आउने भएको छ।

हालसम्म पुरुषका लागि प्लास्टिक र सिलिकनका सुन्दर सेक्सडल उत्पादन गर्दै आएको बेलायतको रियल डल नामक कम्पनीले सेक्सबोट नामक पुरुष मानव यन्त्र तयार गरिरहेको हो।

विद्युत् वा ब्याट्रीबाट चल्ने यस्ता रोर्वोटमा सक्कलीजस्तै देखिने तर कहिल्यै नथाक्ने लिंग जडान गरिएको छ। उपभोक्ता महिलाहरूलाई आफूलाई चाहिएको जस्तो लिंगको आकार छान्ने विकल्प पनि प्राप्त हुने सो कम्पनीका कर्मचारी म्याट म्याम्युल्लेनले जानकारी दिएका छन्।

अहिले सेक्सवोटको व्यक्तित्व र स्वर परीक्षणको कार्य भइरहेको उनले दि डेली स्टारलाई बताएका छन्।‘लभ एन्ड सेक्स विथ रोवोट्स ’ नामक पुस्तकका लेखक डेविढ लेविले भनेका छन्, ‘अहिलेसम्म भाइब्रेटरको सहायताले यौन तिर्खा मेट्दै आएका महिलाहरूले अब निला, काला रंगका आखा भएका रोर्वटलाई अँगालो मार्न र तिनीहरुले पनि समाउँदै आफूतिर तानेको नयाँ अनुभव पाउने भएका छन्।’

प्रतिक्रिया दिनुहोस्