भिडियोमा चल माया



गायक कृष्ण समीप सुवेदीले सात वर्षपछि आफ्नै प्रस्तुतिमा गीत सार्वजनिक गरेका छन्। उनले चल न माया चल बोलको गीत भिडियोसहित युट्यूबमार्फत सार्वजनिक गरेका हुन्।

सिरसिर बतास, मेरो कल्पनामा आउने मान्छे तिमी, मनको तीर्खा मेट्न, माझीदाइको जिन्दगीजस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतका गायक सुवेदीले यसपटक लामो समयपछि पुनः संगीतमा फर्किंदा फरक गीत लिएर आएको बताए।

यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए। गीतमा शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने गायनमा कृष्णा खनालले साथ दिएकी छन्।

गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एसडीएस, लास्ट किङ र जुना सुन्दासको अभिनय रहेको छ। भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्