द कर्मा अभिभावकसँगै



आगामी माघ १७ गते अल नेपाल रिलिज हुने एक्सन लभस्टोरीको फिल्म द कर्मालाई सेन्सर बोर्डले १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथमा हेर्न मिल्ने गरी पीजी सर्टिफिकेट दिएको छ।

फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण गरिएको छ। देवकुमार श्रेष्ठद्वारा निर्देशित फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको चलचित्रको कथा निर्माता जयराज आफैंले लेखेका छन्।रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सहनिर्मात्री छन्।

करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकार प्रमुख भूमिकामा रहेकोे फिल्ममा पटकथा तथा संवाद सुशील पोखरेलको रहको छ भने छायांकन रामेश्वर कार्कीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्