ट्रेलरमा लभ डायरिज



प्रेमकथामा निर्मित फिल्म लभ डायरिजको ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहबीच फिल्मको टे«लर सार्वजनिक गरिएको हो।

फिल्मको ट्रेलमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ। यसमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजित रिमाल र विष्णु सापकोटालाई प्रस्तुत गरिएको छ।

फिल्मका बारेमा प्रकाश पार्दै लभ डायरिजका निर्देशक सौरभ चौधरीले फिल्मका लागि मेहनत गरिएको तथा प्रेम र हासोको कथावस्तुमा फिल्म बनेको बताए। ना

यक सुशील श्रेष्ठले आफ्नो नराम्रो दिनमा पनि फिल्म युनिटले साथ दिएको जनाउँदै पारिवारिक वातावरणमा फिल्मको सुटिङ सम्पन्न भएको बताए।

नवनायिका रुविना थापाले फिल्मका लागि मेहनत गरेको दाबी गर्दै भनिन्– ‘म नन फिल्मी ब्याकग्राउन्डको मान्छे। मलाई यो फिल्डमा काम गर्न गाह्रो थियो।र पनि मैले फिल्ममा सक्दो मेहनत गरेको छु।’

मधु बास्तोलाको कथा रहेको फिल्ममा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजित रिमाललगायत प्रमुख भूमिकामा रहेका छन्। एस्टर इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म प्रेम दिवसको अवसरमा आगामी फागुन २ गते रिलिज हुनेछ।

फिल्मको यसअघि २ गीत र टिजर सार्वजनिक भएका छन्। विनोद सापकोटाको निर्माण रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विक्रम लामा, एन्जेला खत्री र प्रवीण सिंहको कोरियोग्राफी, सञ्जय लामाको छायांकन तथा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्