नेमकिपा सुर्खेतको अन्तक्रिया कार्यक्रम



कृष्णप्रसाद अधिकारी, सुर्खेत ।

नेपाल मजदुर किसान पार्टीको ४६ औं स्थापना दिवसका अवसरमा नेमकिपा सुर्खेतले श्रमिक साप्ताहिक २७ औं वर्ष प्रवेशको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेमकिपा, कर्णाली प्रदेश संयोजक तथा श्रमिक साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले शासक वर्गले ठूला लगानीका ञ्चारमाध्यमका पत्रकारले शासकहरुको दबाब र प्रभावमा परी मिलेनियम च्यालेन्ज कर्पोरेसनको समर्थनमा लेख्न थालेको बताए । उनले तथा कथित राष्ट्रिय तथा मुलधारका पत्रिकाल काठमाडौंको समाचारमात्र लेखेको भन्दै जिल्ला तथा गाउँको वास्तविक समस्या उजागर गर्न नसकेको धारणा राखे । दुई तिहाइको सरकार प्रमुख आफ्नो असक्षमता ढाकछोप गर्न सम्पादकको मुटु नभएको भन्ने टिप्पणी गरेको भन्दै अधिकांश पत्रकार शासक वर्गकै समर्थक रहेको बिचार समेत ।

संयोजक गोसाईले कर्णाली प्रदेश भौगोलिक रुपमा विकट भए पनिप्राकृतिक रुपमा समृद्ध रहेको तर शासक वर्गको नालायकीले गर्दा जनताले दुःख खप्न परेको भन्दै लिम्पियाधुरामा अविलम्व नेपाली झण्डा गाड्नुपर्ने तर्क गरे । उनले मिचिएको भूमिसहित तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्दै भूमि रक्षाको निम्ति अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्ने बिचारराखेकाछन्। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले श्रमिक साप्ताहकले श्रमिक वर्गीय आन्दोलनको पक्षमा लेख्दै आएको भन्दै आदर्श र सुसंस्कृत समाज स्थापना गर्न श्रमिकको भूमिका रहने विश्वास व्यक्त गरे । केन्द्रीय सदस्य कोइरालाले नेमकिपाले पञ्चायती व्यवस्थाकोरुद्धको घर्षमामात्र नभई प्रजातन्त्र र जनअधिकारको निम्ति सञ्चालित हरेक आन्दोलनमा सक्रिय सहभागी भएको बिचार राखे । उनले नेमकिपाले जनमत संग्रहको उपयोगदेखि प्रतिक्रियावादी संघसंस्था भित्र गई जनताको सेवा गर्ने क्रान्तिकारी संसदवादी सिद्धान्तअनुसार निर्वाचनमा भाग लिएको बताए ।

नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कामदार वर्ग मुक्त नभएसम्म श्रमिक साप्ताहिकको महत्व रहने भन्दै देशघाती सन्धिसम्झौतामा नेपाली कांग्रेस र नेकपा एकै स्थानमा रहेको धारणा खाख्दै एमसीसी सम्झौतामा नेका र नेकपा एकै वरमा बोल्छन् । उद्योग निजीकरणमा एकै मत राख्छन् । नेमकिपा जुम्ला जिल्ला अध्यक्ष शिवलाल डाँगीले कर्णालीमा नेमकिपाले नै सबभन्दा पहिले क्रान्तिकारी झण्डा गाडेको भन्दै राजनीतिक परिवर्तनमा नेमकिपा अग्रपंक्तिमा रहेको बिचार राखे । मध्यपश्चि विश्वविद्यालय, मानविकी शास्त्रका पूर्व डीन पीताम्वर ढकालले संघीयतार विकेन्द्रिकरणको वकालत गर्नेले कर्णाली प्रदेशका बैठक काठमाडौंमा गर्नु उपयुक्त नभएको भन्दै बजेट फ्रिज गर्नेले प्रदेशको बैठक प्रदेशभित्रै गर्नसक्थ्यो नागरिकमा चेतनाका अभाव हुँदा शासक पार्टीहरुले मनलागी गर्न पाएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्