उपसभामुखमा राष्ट्रिय जनमोर्चाको दाबी भ्रम मात्रै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिभिसभामा एक सीटको प्रतिनिधित्व गर्दै आएको राष्ट्रिय जनमोर्चा सांसद दुर्गा पोखरेलको नाम सत्तापक्षबाट उपसभामुखका रुपमा चर्चामा आए पनि दाबी नगर्ने भएको छ ।
सभामुख, उपसभामुख वा संसदीय समितिका सभापति जस्ता पदहरुमा नजाने राजमोको नीति नरहेको तर, एकजना मात्रै सांसद भएकाले यी पदहरुमा व्यवहारिक रुपमा नजाने सो पार्टीका नेताले स्पष्ट पारेका छन् ।

राजमोको मातृ पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले उपसभामुखमा नजाने हाम्रो नीति होइन, तर अहिले प्रतिनिधिसभामा हाम्रो एकजना मात्र सांसद रहेकाले उपसभामुख नबन्ने नीति लिइएको बताए ।

एकजना सांसद उपसभामुख बनेपछि पार्टीका मुद्दाहरु सदनमा उठाउन नपाइने भएकाले उपभामुखमा नजाने सिंहले स्पष्ट पारे ।
राजमोले यसअघि पनि उपसभामुखमा दाबी नगरेको बताउँदै सिंहले यसबारे विपक्षीले भ्रम फैलाएको गुनासो गरे । उनले दुर्गालाई उपसभामुख बनाउन मैले प्रचण्डलाई भेटेको जस्ता हल्ला फैलाइयो, तर मैले प्रचण्डलाई भेटेको पनि छैन र हामीलाई उपसभामुख चाहियो पनि कहिल्यै नभनेको बताए ।
नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरिसकेको अवस्थामा वाम घटकबाट पौडेललाई उपसभामुख बनाउन सक्ने विश्लेषण गरिँदै आएको थियो । तर, अब राजमोले आफ्नो स्थिति स्पष्ट पारिसकेपछि उपसभामुखमा सत्तापक्षले राजपा सांसदलाई अघि सार्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्