हजुरबुवाको पुण्यतिथिमा आएका दिदिबहिनीको गिजरकाे ग्यास लिक भएर मृत्यु



इस्लामावाद । बाथरुममा गिजरबाट ग्यास लिक भएर पाकिस्तानमा २ दिदिबहिनीको मृत्यु भएको छ । २४ वर्षकी मारिया र १७ वर्षकी नादिरा रहमानको मृत्यु भएको हो।

पाकिस्तानको पंजाब प्रान्तको दौलत नगरमा बाथरुममा खतरनाक ग्यास लिक भएका कारण उनीहरुको मृत्यु भएको हो ।

बेलायमा रहेका उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथिको अवर पारेर पाकिस्तान आएका थिए । दुवै जनाको शव घरको भुइँमा लडेको अवस्थामा भेटिएको हो ।

कतिपयले उनीहरुले हत्याको आशंका गरेका छन् । तर पाकिस्तानी मिडियाले भने बाबुआमाले छोरीहरु मृत्यु गिजरकै कारणले भएको स्विकारेका छन्। पाकिस्तानी अधिकारीहरुले घटनाको जाँच भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्