संसद बैठक ४ बजेसम्मका लागि स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

अपराह्न १ बजे सुरु भएको प्रतिनिधिसभा बैठक साँझ ४ बजेसम्मका लागि स्थगित भएको छ । ४ बजेको संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयले जनाएको छ । सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।

यसैबीच, नेकपा सचिवालयबाट अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयपछि राजीनामा दिन बाध्य पारिएकी उपसभामुख तुम्बाहाङ्फेको व्यवस्थापनका बारेमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत छलफल गरेका छन् ।

तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी छ । अहिले शहरी विकास र कानून मन्त्रालयमा कामचलाउ मन्त्रीले सम्हालिरहेका छन् भने केही अरू मन्त्री पनि हेरफेर हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्