झापाकाे बर्मेली टोलमा सालनालसहितको शिशु मृत अवस्थामा भेटियो



न्युज अफ नेपाल, झापा ।

झापाको मेचीनगर नगरपालिका ६ बर्मेली टोलस्थित सडक किनारमा आज बिहान सालनालसहितको शिशु मृत अवस्थामा भेटिएको छ ।

शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरे लगत्तै इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीले शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको छ ।

जन्मिएको केही समयमा नै शिशुलाई उक्त स्थानमा फलिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

स्थानीयको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्