कुस्मामा भेटियो प्लाष्टिकको चामल, भातको डल्ला बल जस्तै उफ्रिएपछि विक्रिमा रोक



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ मेलमिलाप चोकमा रहेको स्थानिय प्रेम जैशी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लाष्टिकको भएको पाईएको छ ।

लामिछानेको घरमा आज विहान पकाएको भातमा प्लाष्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बल जस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लाष्टिकको चामल भएको आशंका गर्दै शंसकित भएका छन् ।

गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय शंसकित बनेका हुन् । लामिछानेले केहि समय पहिले स्थानीय ब्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लाष्टिक जस्तो गरी उर्फिन थालेको उनले बताउनुभयो । उहाँका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफ्रिएपछि शंका लागेको बताउनुभयो ।

आज बिहान यस्तो समस्या देखेपछि तत्कालै जिल्ला प्रशासन कार्यलय र उद्योग बाणिज्य संघलाई खबर गरेका थिए । खबर पश्चात पुगेको टोलिले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर बिभागमा अनुसन्धानको लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीले बताउनुभयो । शंकास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा विक्रिका लागि रोक समेत लगाईएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो समस्या देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्