उपसभामुख तुम्बाहाम्फेले राजिनामा दिँदै,सभामुख चयन प्रक्रिया आजै सुरु हुने



मधुसूदन रायमाझी ,काठमाडौँ ।

अन्ततः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छिन् । प्रतिनिधिसभा बैठक सुरु हुनु अगावै उनले राजीनामा दिने भएकी हुन् ।

आजको संसद बैठकको अध्यक्षता ज्येष्ठ सांसद महन्थ ठाकुरले गर्ने छन् । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेद्वारमा अग्नी सापकोटालाई चयन गर्ने निर्णय गरिसकेको छ ।

सभामुखको निर्वाचन प्रक्रिया समेत आज नै अगाडी बढ्ने छ। उपसभामुखको राजीनामा पछि भने सभामुख निर्वाचन प्रक्रिया अघि बढ्न सहज भएकोछ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने तर्क गर्दै उनले राजीनामा नदिने बताएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्