क्षेप्यास्त्र हमला



साना, (एजेन्सी)।

हुथी लडाकुहरुले शनिबार यमनमा गरेको क्षेप्यास्त्र हमलामा कम्तीमा सत्तरीजना सैनिक मारिएको सुरक्षा सूत्रले जनाएको छ। मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी लडाकुहरुले सो आक्रमण गरेको बताइएको छ। यमनका राष्ट्रपति आबोब्बो मन्सुर हादीले यसलाई कायर र आतङ्ककारी आक्रमण भनी निन्दा गरेका छन्।

यस घटनामा अन्य दर्जनौं घाइते भएको तथा तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ। हमलाबारेमा हुथी लडाकुकोे तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। सन् २०१४ देखि देशको अधिकांश भाग हुथीले कब्जामा लिएको हो।

प्रतिक्रिया दिनुहोस्