ट्रम्पको सेलिब्रिटी वकिल



वासिङटन, (एजेन्सी)।

बिल क्लिन्टन महाभियोगको मामिलामा सन् १९९० को दशकमा चर्चामा रहेका केन स्टार तथा देशका सबैभन्दा ठुलो सेलिब्रिटी वकिल एल दरसोविज सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको चल्ने महाभियोगको कारवाहीमा उनको रक्षामा उत्रने भएको छ। ट्रम्प प्रशासनले उक्त जानकारी दिएको हो।

यद्यपि ह्वाइट हाउसले पुरा टोलीको खुलासा गरेको छैन। ट्रम्पको रक्षा गर्ने यो टोलीको नेतृत्व ह्वाइट हाउसका वकिल पेट सिपलोनले गर्नेछ र यसमा ट्रम्पका निजी वकिल जे सेकुलोवले पुरा सहयोग गर्नेछ। शुक्रबार जारी एक विज्ञप्तिमा ट्रम्पले कुनै गल्ती नगरेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्