चीन म्यान्मारबीच दुई आर्थिक मार्ग निर्माण थाल्ने सम्झौता



नेपिडो (एजेन्सी)।

म्यान्मारको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिंग र म्यान्मारका शीर्ष नेता आंग सान सुकीबीच चीन – म्यान्मार आर्थिक कोरिडोर अन्तर्गत कैयौं परियोजना थाल्ने सहमति भएको छ।

राष्ट्रपति सीको भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्ध बलियो पार्नु र बेल्ट एन्ड रोड अभियान अन्तर्गत आपसी सहयोग बढाउनु रहेको चीनका उप विदेश मन्त्री लाउ साहुइले बताए।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा भौगोलिक रूपमा म्यान्मार अत्यन्त महत्वपुर्ण छ। म्यान्मार दक्षिण एसिया र दक्षिण पुर्व एसियाको बीचमा रहेकोले यो महत्व झन् बढेको हो। म्यान्मार चारै तिरबाट जमिले घेरेको चीनको युनान प्रान्त र हिन्द महासागरबीच रहेकोले चीन–म्यान्मार इकनोमिक कोरिडोरलाई चीनले अत्यन्तै महत्व दिएको छ।

गत बर्ष अप्रिलमा चीनको दोस्रो बेल्ट एन्ड रोड फोरममा म्यान्मारकी नेता आंग सान सुकीले चीन–म्यान्मार आर्थिक कारिडोर अन्तर्गत सहयोग बढाउनका लाग चीनसँग तीनवटा एमओयुमा हस्ताक्षर गरेकी थिइन्।
चीन म्यान्मार आर्थिक कोरिडोर अंग्रेजीको ‘वाई‘ अक्षरको आकारको एक कोरिडोर छ।

यसमा चीन विभिन्न परियोजनाका माध्यमबाट हिन्द महासागरसम्म पुग्न म्यान्मारसँग आर्थिक सहयोग बढाउन चाहेको छ।यस परियोजना अन्तर्गत चीनको युनान प्रान्तको राजानी कुनमिंगबाट म्यान्मारका दुई मुख्य आर्थिक केन्द्र जोड्न करिब १ हजार ७ सय किलोमिटर लामो कोरिडोर निर्माण गरिनेछ।

कुनमिंगबाट अगाडि बढ्ने यस परियोजनालाई पहिला मध्य म्यान्मारको मन्डालयबाट हाइस्पिड ट्रेनले जोड्ने छ। त्यसपछि पूर्वमा यंगान र पश्चिममा क्याकप्यु विशेष आर्थिक क्षेत्रसँँँग जाडिनेछ। चीनले क्याकप्युमा बन्डरगाह पनि निर्माण गर्ने छ।

यसलाई चीन–पाकिस्तान आर्थिक मार्गका रूपमा लिएको छ। यस आर्थिक कोरिडोरले चीनको सिन जियांग प्रान्तलाई पाकिस्तानको कराची र अरब सागरमा ग्वादर बन्दरगाहसँग जोड्छ। त्यसैगरी चीन म्यान्मार आर्थिक मार्गले चीनालाई बंगालको खाडी र समुद्रसँग जोड्छ।

गत वर्ष सी जिनपिंगले नेपाल यात्राका क्रममा चीन–नेपाल आर्थिक मार्गको सुरुआत गरेका थिए। यस परियोजना अन्तर्गत चीनको उद्देश्य तिब्बतलाई नेपासँग जोड्नु हो भने यो चीनको म्यान्मार र पाकिस्तान आर्थिक मार्गको बीचमा पर्छ।

फेसबुकद्वारा चिनियाँ राष्ट्रपतिको नामको गलत अनुवाद भएकोमा माफि मागेफेसबुकले चीनका राष्ट्रपति सी जिनपिंगको नाम बर्मली भाषाबाट अंग्रेजीमा गलत अनुवादका लागि माफी मागेका छन्।राष्ट्रपति सी जिनपिंग म्यान्मारको दुई दिवसिय भ्रमणको दोस्रो दिन अनुवादको यो गल्ती बाहिर आएको हो। शनिबार राष्ट्रपति सी र म्यान्मारका नेता आंग सना सुकीसँग भेटवार्ता भएको थियो।

दुई नेताहरुमा द्विपक्षिय सम्बन्ध बलियो पार्न कैयाँै सम्झौता भएको छ।यो भेटवार्ताको बर्मेली भाषाको फेसबुकबाट पोस्टमा राष्ट्रपति सीको नामको अनुवाद अंग्रजीमा ‘शितोल‘ भएको थियो। यो फेसबुक पोस्ट सुकीको आधिकारिक अकाउन्टबाट सेयर गरिएको थियो। फेसबुकले शनिबार नै एक विज्ञप्ति जारी गरी यसलाई प्राविधिक समस्याका कारण भएको जनाएको थियो।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले आफनो बयानमा भने– बर्मेली भाषाबाट अंग्रेजीमा गलत अनुवादका कारण यो गल्ती भएको हो र यसलाई सच्याइसकेको छ। यस्तो हुन नपर्ने थियो। यसलाई लिएर हामीले थप कदम उठाइरहेका छौं , ताकि यसतो गल्ली पुन नहोस। म्यानमारमा बर्मिज आधिकारिक भाषा हो। यहाँको दुई तिहाई आवादी बर्मिज बाल्छन्।

फेसबुकले सीको नाम डाटाबेसमा नराखेको स्वीकार गरेको छ। त्यसैले यो गल्ती भएको हो। यदि फेसबुकको डाटाबेसमा कुने शब्द छैन भने अनुवादमा त्योसँग मिल्ने नजिकको अर्को शब्द प्रयोग गर्छ।

आफ्नो दुई दिवसीय भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिंग र म्यान्मारकी स्टेट काउन्सलर सुकीबीच द्विपक्षीय सम्बन्धलाई लिएर छलफल गरेका थिए। रोहिंग्या मुसलमानलाई लिएर विश्वभरिबाट सुकीमाथि आक्रमण भइरहँदा चीनले उनको पक्षमा बोलेको थियो।

प्रतिक्रिया दिनुहोस्