संगीतकारको हत्या



मेक्सिको सिटी, (एजेन्सी)।

पश्चिमी मक्सिकोमा आइतवार दसजना आदिवासी संगीतकारको गोली हानी हत्या गरिएको तथा तिनीहरु चढेको सवारी साधनमा आगो लगाइएको प्रहरीले जनाएको छ। यस आक्रमणमा विगतहरुमा जस्तै लागू औषध तंकरहरुको हात हुन सक्ने अनुमान गरिएको छ।

गर्रेरो राजको चिलापा शहरमा आक्रमण गरिएका नाहुस आदिवासी समूहका सदस्यहरु एउटा भोजमा सरिक भएर घर फर्किरहेका थिए। मारिनेमा १५ देखि ४२ वर्ष उमेरका सबै पुरुष रहेका छन्। वारंवार आदिवासीमाथि आक्रमण गर्दै आएको लोस आर्दिलोस नामक तश्कर समूहलाई यसको दोष दिइएको छ।

प्रतिक्रिया दिनुहोस्