निगमका अध्यक्ष खरेलद्वारा राजीनामा



काठमाडौं, (नेस)।

नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनुभएको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई अध्यक्ष खरेलले राजीनामा बुझाउनु भएको मन्त्रालय स्रोतले जानकारी दिएको हो।

भट्टराईले मन्त्रालय सम्हाले यता खरेलले कुनै पनि योजना नबनाएको र कार्यसम्पादन राम्रोसँग गर्न नसकेको भन्दै राजीनामा माग गर्दैै आउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्