तमोरको अध्ययन गर्न सम्झौता



काठमाडौं, (नेस)।

७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र जलविद्युत् लगानी तथा विकास कम्पनी तथा पावर चाइना कम्पनीसँग समझदारी गरेको छ।

सम्झौताअनुसार २४ महिनामा आयोवजनाको विस्तृत सम्भाब्यता अध्ययन सकाउनुपर्ने छ। जलविद्युत् लगानी तथा विकास कम्पनीसँग रहेको रोल्पाको १५६ मेगावाटको माडी बहुउद्देश्यीय आयोजना पनि पावर चाइनासँग मिलेर आयोजना विकास गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रतिक्रिया दिनुहोस्