चालू खाता घाटा ७० अर्ब ३२ करोड, शोधनान्तर स्थिति २३ अर्ब बचतमा



काठमाडौं, (नेस)।

चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा चालू खाता घाटा ७० अर्ब ३२ करोड रुपियाँ रहेको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो।

प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ११९ अर्ब ३३ करोड रुपियाँ रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा १ अर्ब ४ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रुपियाँ रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपियाँ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ७८ करोड रुपियाँ रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपियाँले घाटामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्