एनएमबि बैंकको प्रदेश ७ कार्यालय सञ्चालनमा



एनएमबि बैंकले धनगढी शाखा स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। उक्त कार्यालयको उद्घाटन एनएमबि बैंकका सञ्चालकद्वय राजेन्द्र काफ्ले तथा प्रदीपराज पाण्डेले गर्नुभयो।

सुदूरपश्चिममा अवस्थित उक्त प्रदेशका शाखामा सहजता प्रदान गर्न र विकासका अवसर को सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बंैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको बैंकले जनाएको छ।

यससँगै एनएमबि बैंकका हाल देश भरि १ सय ६३ शाखा, १ सय ३१ एटीएम, ५ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्