फुटसल उपाधि कैलाशलाई



हेटौंडा, (नेस)।

जिल्लास्तरीय फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले जितेको छ। मकवानपुरमा पहिलो पटक आयोजित १७औं रुद्र पाख्रिन स्मृति कपको आइतबार भएको फाइनलमा आयोजक टिमलाई टाइब्रेकरमा १–० गोलअन्तरले हराउँदै कैलाशले उपाधि जितेको हो।

उमेश थिङले निर्णायक गोल गर्दा उपाधिसँगै कैलाशले १ लाख नगद प्राप्त गर्यो। त्यस्तै आयोजक टिमले ५० हजार नगद हासिल गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्