रियल मेड्रिडको जित



लन्डन, (एजेन्सी)।

ब्राजिलियन स्टार क्यासेमिरोले दुई गोल गरेपछि रियल मेड्रिडले शनिबार राति सम्पन्न स्पेनिस ला लिगाको खेलमा सेभियामाथि २–१ को जित निकालेको छ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको सो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५७औं मिनेटमा लुका जोभिकको ब्याक हिल पासमा क्यासेमिरोले गोल गर्दै घरेलु टोली रियललाई खेलमा अग्रता दिलाएका थिए।

६४औं मिनेटमा सेभियाले बराबरी गोल फर्कायो। मुनिर एल हाद्दादिको पासमा लुक डी जोङले बराबरी गोल फर्काएका थिए।

त्यसको ४ मिनेटपछि नै क्यासेमिरोले लुकास भास्क्वेजको क्रसमा हेडमार्फत गोल गर्दै रियललाई खेलमा पुनः २–१ को अग्रता दिलाए। जितसँगै रियलले २० खेलबाट ४३ अंक जोड्न सफल भयो।

 

प्रतिक्रिया दिनुहोस्