‘महाभारत’ पछि उदाए अग्नि



उपयुक्त मुख बल्ल भेटिएको छ। मुख अर्थात सभामुख। नेकपा अध्यक्षद्वय ओली ‘प्रचण्ड’बीचको ‘महाभारत’ पछि उदाए अग्नि।

‘सबै माननीय महराझै छैनन्, सभामुख हाम्रै कोटाको हुनुपर्छ’ भन्ने पूर्वमाओवादीको अडानमा ओली लच्किएसी उदाए अग्नि। तर आरोपबाट अग्नि अछुतो छैनन्।

काभ्रे छत्रेबास–५ का अर्जुनबहादुर लामाको हत्यामा उनकै श्रीमतीले अग्निविरुद्ध हत्याको किटानी जाहेरी दिएको कुरो गुपचुप पारेर ‘अग्नि अच्छा हुन्’ भन्न अलि हजम भएन कि ?

त्यसो त पार्टी अध्यक्ष प्रचण्ड स्वयंले ऊ बेला द्वन्द्वकालमा मारिएका मध्ये खैं कति हजारको मात्रै जिम्मा लिन्छु भनेर सार्वजनिक कार्यक्रममै भनिराख्या बेला एक जनाको कुरो ‘जाबो’ मानिएको हुन सक्ने धरहराको ठहर छ।

सार्वजनिक कार्यक्रममा के बोल्ने के नबोल्ने अझै ठेगान नभएका प्रचण्डको तर्कदेखि धरहरा मात्रै होइन, आम नेपाली तीनछक पर्न थाल्या छन्।

पार्टीका शीर्ष र जिम्मेवार नेताले बच्चाले भाँडाकुटी खेल्दा झगडा गर्याझैं तर्क गर्ने भनेसी यिनले हाँक्ने नेकपाको भविष्य कस्तो होला खै ?

पार्टी शक्तिशाली भन्ने, एमाले र माओवादी गुट छैन भन्ने अनि सभामुख छान्न हप्तौं र महिनौं दिनसम्म टुङ्गो नलगाउने भनसी पार्टी राम्रै बन्या रै’छ।

प्रतिक्रिया दिनुहोस्