कर्जा प्रवाहमा ६ प्रतिशतको वृद्धि



काठमाडौं, (नेस)।

साउनदेखि मंसिर महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६ दशमलब २ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलब २ प्रतिशतले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलब ७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ दशमलब ६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

२०७५ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशमलव ३ प्रतिशत र १४ दशमलव ६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ५ दशमलब ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६ दशमलब ८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७ दशमलब ७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८ दशमलब शून्य प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७ दशमलब ७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ११ दशमलब १ प्रतिशत, ओभरड्राफ्ट कर्जा २ दशमलब १ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ४ दशमलब ९ प्रतिशत, डिमान्ड तथा चालू पुँजी कर्जा ७ दशमलब ८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६ दशमलब ८ प्रतिशत र हायर पर्चेज कर्जा १ दशमलब ३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्