समाचार सम्पादक गिरीलाई पत्रकारित सम्मान खरेललाई दीर्घ साधना सम्मान



नेपाल समाचारत्रका समाचार सम्पादक विदुर गिरी कला पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। गिरीलाई राजधानीमा शनिवार आयोजित दोस्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले ३ दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएवापत सम्मानपत्रसहित सम्मान गरेका हुन्।

एपिक नेपाल म्युजिक प्रालिद्वारा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहमा गीतकार किरण खरेललाई ५ दशकदेखि सांगितीक क्षेत्रमा योगदान पुर्याएवापत १५ हजार रुपियाँसहित एपिक दिर्घ साधना सम्मानद्धारा सम्मानित गरियो।

गीत संगीतको ५४ विधामा अवार्ड प्रदान गरीएको समारोहमा मलाई मेरै नेपालको माया छ बोलको गीतबाट शान्तिप्रिय सर्वोत्कृष्ट राष्ट्रिय गीत, आधूनिकतर्फ जिस्काउँथे मबाट सुमन कुमार श्रेष्ठ गायक, भर्खरै चिनजानबाट स्मृति शाही गायिका, सन्तानको शिरबाट डा. डि आर उपाध्याय गीतकार, हास्न सिकायौबाट राजकुमार बगर संगीतकार, म हारेकोबाट सनम कठायत पुरुष मोडल, मेरो सपनाबाट टीना श्रेष्ठ महिला मोडल, खुट्टा भएबाट उत्सब दाहाल छायाँकार, तिम्रै हुँबाट जनक सिंह म्यूजिक भिडियो निर्देशक र कृष्ण राजभण्डारी पपुलर अवार्ड विजेता भए भने आधुनिक गीतको नवप्रतिभातर्फ तिमी र मबाट उज्वल गिरी, तिम्रै यादमाबाट कैलाश मैनाली गीतकार, मृत्युमा एउटै चित्ताबाट नवीन शिरिसले पुरुष मोडेल, ए सानीबाट समीक्षा पोखरेल महिला मोडल अवार्ड विजेता भए।

लोक दोहोरीतर्फ लालू मैबाट शिव हमाल सर्वोत्कृष्ट गीत, सारै मनबाट प्रदीप अधिकारी शब्द, साली को गाऊँबाट नीर प्रसाद गुरुङ लय, हारेँ मैलेबाट मौसम गुरुङ गायक, आज मुडबाट धन कुमारी थापा (सरू) गायिका, अभाबबाट आसिर प्रताप जंग पुरुष मोडल, बलिदानबाट सारिका केसी महिला मोडल, मलाई देखेरबाट प्रकाश खड्का छायांकार, बनमाराबाट शिव विक नृत्य निर्देशकको अवार्ड विजेता भए भने लोक दोहोरी नव प्रतिभातर्फ घाइते मुटुबाट ईन्द्र बहादुर दाहाल शब्द, चित्ताबाट तेजेन्द्र बिवश लय, मायालेबाट तेजू परियार गायक, रुँदै रुँदैबाट अनुजा पुडासैनी गायिकाको अवार्ड विजेता भए। त्यस्तै जेल चलानबाट बिक्रम क्षेत्रीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो।

पप तथा लोक पपतर्फ ज्यानै दिन्छुबाट बिरेन्द्र गुरुङ लोक पप गायक, एकोहोरो मायाबाट पूजा सुनुवार गायिका, उजाडबाट बालकृष्ण न्यौपाने शब्द, हाम्रो मायाबाट दीपक सिलुवाल संगीतकारको अवार्ड विजिेता भए भने तिमी र मबाट दीप गिरी पुरुष मोडल, हात समाईबाट बिनु शाक्य महिला मोडलको विजेता भए। सञ्चारकर्मी दिनेश डिसीद्वारा सञ्चालित कार्यक्रममा विभिन्न गीत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्