ओलीलाई विरोध पत्र



कृष्णप्रसाद अधिकारी, दैलेख ।

दैलेख जिल्लामा क्रियाशिल प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दैलेख जिल्लाबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै जिल्ला तहबाटै विरोध पत्र पठाएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखले प्रमुख जिल्ला अधिकारीमार्फत विरोध पत्र बुझाएको प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिए । दैलेख सदरमुकाममा भेला भएर काँग्रेस नेता कार्यकर्ताले जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगी प्रमसख जिल्ला अधिकारी युवराज कट्टेललाई विरोत्र पत्र बुझाएको नेपाली काँग्रस दैलेखले जनाएको छ ।

विरोध पत्र बुझाउँदै नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले सरकारले सूचना प्रविधि विधेयक मार्फत आम नागरिकहरुको विचार अभिव्यक्ति स्वतन्त्रता हत्या गर्ने कुचेष्ठा गरेको आरोप लगाए । बर्तमान दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले एक पछि अर्को विधेयक ल्याएर नागरिक अधिकार नियन्त्रण गर्न खोजेको विसीको भनाई छ ।

लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको उनको भनाई थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कटेलले तत्काल नै ज्ञापन पत्र गृहमन्त्रालयमा पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्